मकरलाई ब्यापार ब्यबसायबाट लाभ, तपाईको राशिफल कस्तो ?

काठमाडौ । आजको मिति १५ साउन २०७९, आइतबार । तद्नुसार ३१ जुलाई २०२२ । श्रावणशुक्ल तृतीया तिथि, तैतिल करण, मघा नक्षत्र, वरियान योग, चन्द्रमा सिंह राशिमा रहेको छ । नेपाली चलन अनुसार असारको पन्ध्र दहीचिउरा खाने साउनको १५ खिर भन्ने चलन रहेको छ । त्यसले आजको दिन खीर खाने चलन छ ।
आजको देवता कुवेर र ग्रहदेव बृहस्पति रहेको छ । आज विहान सूर्योदय ५ः२७ मा हुनेछ भने सूर्यास्त ६ः५५ मा हुनेछ ।
आज ११ः४४ देखि १२ः४४ सम्मको समय अभिजित मुहूर्त रहेको छ । साँझको समय राहुकाल रहेको छ । आइतबारको दिन विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आइतबारलाई सूर्यको नाम रविबार पनि भनिन्छ । सरकारी काम अप्ठारो परेको छ भने आइतबारको दिन शुरुवात गर्दा साताका दिनभित्र काम सम्पन्न हुनेछ ।
मेष
आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला । सूर्योदयको दर्शन गर्नुहोला ।
वृष
वृष राशिका जातका लागि व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ ।
मिथुन
धनलाभ र नयाँ सुखद खबरले तपाईलाई हर्ष छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला ।
कर्कट
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।
सिंह
सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभएको छ भने तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई माया गर्नेछन्। कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।
कन्या
आज विहान सूर्योदयको दर्शन गर्नुहोला । नयाँ र संत्सगी मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ रहेको छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।
तुला
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।
वृश्चिक
विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।
धनु
सन्तानबाट सुख परिवारको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।
मकर
ब्यापार ब्यबसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।
मीन
विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया