पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमा

इस्लामबाद / पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण थप ३० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पछि पहाडी ३० भन्दा बढी गाउँ डुबानमा परेका हुन् । यसअघि सो क्षेत्रमा २० गाउँ डुबानमा परेका थिए ।
एआरवाई न्युजका अनुसार प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय स्रोतले जनाएको छ ।
बाढी प्रभावित गाउँकी ७० वर्षकी एक वृद्धाको ज्यान गएको छ । विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा परेको छ ।
अबिरल वर्ष र बाढीले अहिलेसम्म बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ७ बालबालिका र एक जना महिला छन् । खैबर पख्तुनख्वा प्रान्तमा १० जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।
प्रभावित क्षेत्रमा उद्दारकर्ता परिचालन गरिएको जनाइएको छ ।

















भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
फ्रान्स र स्पेनमा आँधी र वर्षाका कारण जनजीवन प्रभावित
सुनसरी ४ मा ३३ उम्मेदवार
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया