एकैदिनमा राहदानी बनाई दिने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका–१० चुन्वाङ घर भएका २८ वर्षीय श्याम कुमार राई, चावहिल बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ घर भएका २२ वर्षीय राम पौडेल र चाबहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजल घर भएका ४१ वर्षीय विबेक गुरूङ रहेका छन् ।
उनीहरूले राहदानी विभागमा सेवाग्राहीहरूलाई विश्वासमा पारी रकम संकलन गरी ठगी गरेको आरोप प्रहरीको छ । साथै उनीहरुले कीर्ते गरी अनलाइन फारम भरिदिने गरेको पनि प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा भरिएको ३२ थान अनलाइन फाराम, ३ थान ल्यापटप, १ थान प्रिन्टर र ३ थान मोबाइल बरामद गरेको छ ।
उनीहरू उपर ठगी सम्बधि कसूर र लिखत सम्बन्धि कसूरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया