सर्पको टोकाइबाट प्रधानध्यापकको ज्यान गयो

महोत्तरी । करेत सर्पको टोकाइले विध्यालयका प्रधानध्यापकको मृत्यु भएको छ । शनिबार राति उपचारका क्रममा माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको मृत्यु भएको हो ।
सर्पले टोकेको थाहा पाएपछि श्रेष्ठ आफै मोटरसाइकल चलाएर सर्पदंश उपचार केन्द्र बर्दिबासस्थित गौरिडाँडामा पुगेका थिए । ‘उहाँ सामान्य अवस्थामा आउनुभएको थियो, सर्पले टोक्यो भन्नुभयो । हामीले हेर्दा पछाडि ढाडमा र घाँटीनेर डसेको रहेछ,’ उपचारमा संग्लन चिकित्सक इन्द्र केसीले भने ।
उपचारको क्रममा श्रेष्ठलाई राति झन्डै १२ बजे स्वासप्रस्वासमा निक्कै अफ्ठ्यारो परेपछि जनकपुर प्रादेशिक अस्पतालमा पठाउने तयारी गर्दागर्दै निधन भएको सर्पदंश उपचार केन्द्र गौरिडाँडाले जनाएको छ ।
‘स्वासप्रस्वासमा निक्कै गाह्रो भएपछि हामीले स्टेचरमा हालेर एम्बुलेन्समा हाल्ने तयारी गर्दै थियौ । तर स्टेचरमै स्वासप्रस्वास बन्द भइसकेको थियो,’ चिकित्सक केसीले भने, ‘यदि भेन्टिलेटर भएको भए उहाँको ज्यान जोगिन्थ्यो ।’
सर्पले टोकेका बिरामीहरूको स्वासप्रस्वासमा समस्या पर्ने हुँदा सर्पदंश उपचार केन्द्र गौरिडाँडामा भेन्टिलेटरको माग हुँदै आएको छ । तर स्थानीय सरकार र सरोकारवाला निकायको मौनताले साँध्दै आएका छन् ।
उपचार केन्द्रको तथ्यांकअनुसार पाँच वर्षभित्र नौ सय ८० भन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि भर्ना भए । यस वर्ष मात्र ३० भन्दा बढी मानिस उपचारका लागि भर्ना भएको केन्द्रको तथ्यांक छ । उपचारका लागि आउनेमध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको सर्पदंश उपचार केन्द्र बर्दिवासका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक हजारभन्दा बढीले सर्पको टोकाइबाट ज्यान गुमाउँदै आएका छन् । सर्पको उच्च जोखिम रहेको तराईको २३ जिल्लामध्ये महोत्तरी अति संवेदनशील मानिन्छ।
















हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया