काभ्रेस्थली घटना : छोराछोरी र पत्नीको हत्यापछि आफ्नै पेटमा छुरा प्रहार !

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका२ स्थित काभ्रेस्थलीको एकै परिवारका ३ जनाको हत्या र एक जनाले आत्महत्या गरेको आशंका गरिएको छ । तारकेश्वर नगरपालिका २को वडा सदस्य किशोर भण्डारीका अनुसार परिवारका ३ जनाको हत्या गरेर केशव पाण्डेले आत्महत्या गरेको आशंका गरिएको हो ।
सोमबार बिहान कोही नउठेपछि छिमेकीले ढोका फुटाएर हेर्दा केशव पाण्डे र उनकी पत्नी सुनितासहित छोराछोरी मृत भेटिएका थिए । ति वडासदस्य भण्डारीका अनुसार घटनाको प्रकृति हेर्दा केशवले पत्नी सुनिता काफ्ले पाण्डे, छोरी आशिका र छोरा आशिकको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएको बताए ।
उनले मेरोन्यूजसँग भने, ‘परिवार सखाप पारेर केशवले आत्महत्या गरेको जस्तो छ। थप जानकारी भने प्रहरी अनुसन्धानबाट पुष्टि हुनेछ।’ उपत्यका अपराध अनुसन्धानले समेत परिवारका सदस्यको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका गरेका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया