श्रीलंकामा इन्धन किन्न क्युआर कोड लागू, कारोबारमा सहज हुने अपेक्षा
मेरोन्यूज
२०७९ साउन १६ गते १६:१३

काठमाडौँ । श्रीलंकामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो ।
क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीले जनाएका छन् ।
देशभरिका सबै पेट्रोल पम्पमा यो व्यवस्था गरिएको र उपभोक्तालाई यसबारे जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताए । उनले इन्धन लिनका लागि पेट्रोल पम्पमा भिडभाड नगर्न पनि उपभोक्तलाई अनुरोध गरेका थिए ।
सरकारले उपभोक्तको चापका आधारमा हरेक पेट्रोल पम्पलाई इन्धनको कोटा निर्धाण गरेर कोटा अनुसारको इन्धन उपलब्ध गराएको छ ।
सम्बन्धित
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया