मधेस प्रदेश सरकारद्वारा निर्देशनालय खारेज
मेरोन्यूज
२०७९ साउन १६ गते १६:४२

काठमाडौँ । मधेस प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ ।
मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
यस्तै, बैठकले पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहाको लहान, धनुषाको जनकपुरधाम तथा पर्साको वीरगञ्जमा एक-एक गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री साहले बताए ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममार्फत् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन विकास कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो ।
सम्बन्धित
















सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया