काभ्रेस्थली घटना
वैवाहिक जीवनबाट असन्तुष्ट दिनेशले गरे परिवारको सर्वनाश !
घटनास्थलमा भेटिएको ‘सुसाइड नोट’मा के छ ?

काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिका २ स्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चार जना मृत अवस्थामा फेला परे । मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक थिए । उनीहरूको विभत्स अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको हो ।
ती चार जना मृत भेटिएको घटनामा हत्यापछि आत्महत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार वैवाहिक जीवनबाट असन्तुष्ट रहेका दिनेशले आफ्नो पत्नीसँगै छोराछोरीको हत्या गरेका हुन् । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार उनले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष छ ।
प्रहरीका अनुसार दिनेशले तीन जनाको हत्यापछि आफ्नै शरीर काटेका थिए । साथै, उनी झुण्डिने प्रयास गरेको देखिएको छ । उनको पेटमा छुराको चोट छ । श्रीमती र छोराछोरीको टाउको र पेटका विभिन्न भागमा धेरैपटक छुरा प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्द कोठाभित्र उनीहरूको शव भेटिएको थियो । छोरा र छोरीको शव ओछ्यानमा थियो भने बाबुआमाको शव भुइँमा लडेको अवस्थामा थियो ।
शंकै शंकामा हत्या !
१२ वर्ष कुवेतमा वैदेशिक रोजगारी गरेर फर्किएका दिनेशले मनोहरामा खरिद गरेको जग्गा बिक्री गरेर पदमसालमा जग्गा किन्नुका साथै त्यसमा घर बनाएका थिए । गोरखा स्थायी घर भएका पाण्डे परिवारको त्यसपछि पदमसाल नयाँ घर ठेगाना बनेको थियो । चार वर्षअघि जग्गा किनेर बनाएको उक्त घरमा पाण्डे परिवार बस्दै आएका थिए ।
दिनेशले पदमसालमै मोबाइल मर्मतको पसल सञ्चालन गर्दै आएकामा एक महिनाअघि मात्र बिक्री गरेका थिए । उनीकी श्रीमती सुनितासमेत ८ महिनादेखि फेन्सी पसल चलाउँदै आएकी थिइन् । उनी एक महिनापछि सिजनल भिसामा युके जाने तयारीमा थिए । सुनिता बेलायत जाने कुरालाई लिएर दिनेश बेचैन देखिन थालेको प्रहरीले स्थानीयमार्फत बुझेका थिए ।

प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार दिनेश श्रीमतीमाथि शंकालु खालको थिए । त्यही शंकाले नै आफ्नो परिवारको हत्या गरेर आफूले समेत हत्या गरेको एक प्रहरी अधिकारीले बताए ।
ती प्रहरी अधिकारीका अनुसार दिनेश शंका गर्ने स्वभावका थिए । उनी श्रीमती जता गए पनि चियो चर्चो गर्ने र पछ्याउने स्वभावको स्थानीयबासीको भनाइ उदृधत गर्दै प्रहरीले जनाएको छ । ‘श्रीमती युके जाने भएपछि दिनेशमा शंका थप बढेको हुन सक्छ,’ अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारीले मेरोन्यूजसँग भने ।
श्रीमतीसँगको विवादले तीन पटकसम्म प्रहरी कार्यालयमा पुगेर मिलापत्र भएको तथ्यांक भेटिएकाले यसलाई श्रीमान्–श्रीमतीबीचको विवाद र आशंकाबाट सृजित घटनाका रुपमा बुझ्न सकिने ती अनुसन्धान अधिकृत भन्छन् । श्रीमतीले अरु केटाहरूसँग बोल्दा दिनेशले विवाद गर्ने र शंका गर्ने गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जानकारी पाएको छ ।
‘सुसाइड नोट’मा के छ ?
प्रहरीले घटना स्थलबाट नै ‘सुसाइड नोट’समेत फेला पारेको थियो । घटना स्थलमा प्रहरीले चार पृष्ठको ‘सुसाइट नोट’ र श्रीमतीले अन्य केटाहरूसँग म्यासेञ्जरमा गरेका कुराकानीको स्क्रिनसटको प्रिन्ट गरेर सुसाइड नोटसँगै राखिएको फेला पारेको हो ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उक्त सुसाइड नोटमा दिनेशले आफ्नो विवाहअगाडिकै कुरा लेखेका छन् । दिनेशले आफू वैवाहिक जीवनबाट असन्तुष्ट रहेको कुरासमेत सुसाइड नोटमा खुलाएका छन् । ती प्रहरी अधिकारीले मेरोन्यूजसँग भने, ‘स्टिच गरिएको ती पेजमा दिनेशले विवाह अघिदेखिका कुराहरू लेखेका छन्, वैवाहिक जीवनबाट आफू सन्तुष्ट नरहेको उनले पटकपटक दोहो¥याएका छन् ।’
सुसाइड नोटमा जोडेर राखिएको म्यासेजहरुको स्क्रिनसर्टलाई हेर्दा दिनेशले नै पत्नी र छोराछोरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीको दाबी छ । यद्यपि, प्रहरीले अनुसन्धान जारी राखेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया