अल कायदा नेता अयमान अल जवाहिरीको हत्याको ओबामाले गरे स्वागत

न्युयोर्क। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सोमबार अल कायदा नेता अयमान अल जवाहिरीको हत्याको स्वागत गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा अल जवाहिरीको मृत्यु भएको थियो ।
ओबामाले यो हत्या अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादसँग लड्न सम्भव छ भन्ने प्रमाण रहेको बताए । सेक्टेम्बर ११ को २० वर्षभन्दा पछि, त्यो आतंकवादी हमलाका एक मास्टरमाइन्ड र अल कायदा नेताका रूपमा ओसामा बिन लादेनको उत्तराधिकारी – अयमान अल–जवाहिरीलाई – अन्ततः न्यायको कठघरमा ल्याइयो’, ओबामाले भने ।
जवाहिरी मारिएपछि ओबामाले राष्ट्रपति बाइडेन प्रशासन र दशकौंदेखि काम गरिरहेका खुफिया समुदायका सदस्यहरूको प्रशंसा समेत गरेका छन् ।
जवाहिरीकोे मृत्युको समाचारप्रति संकेत गर्दै ओबामाले भनेका छन्, आज रातिको समाचार अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादलाई जरैदेखि उखेल्न सम्भव छ भन्ने प्रमाण हो ।’
अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।
इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।
सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।











राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया