कसले हाँक्ला ‘अल कायदा’को भावी नेतृत्व ?
यस्ता छन् जवाहिरीका सम्भावित उत्तराधिकारी

कायरो । अतिवादी समूह अलकायदाको नयाँ प्रमुखमा सेफ अल–अदेल चयन हुन सक्ने अनुमान गरिएको छ । अल कायदाका नेता आयमान अल जवाहिरीको हत्यापछि उनको उत्तराधिकारीमा अदेलको सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जवाहिरी अमेरिकी ड्राेन हमलामा अफगानिस्तानको राजधानी काबुलमा मारिएका थिए ।
मिडल इस्ट इन्स्टिच्युटका अनुसार सेफ अल–अदेले अलकायदाको नेतृत्व हाँक्ने सम्भावना छ । अमेरिकी गुप्तचर एजेन्सीहरूका अनुसार इजिप्टका पूर्वसैन्य अधिकारी अदेल अल कायदाका संस्थापक सदस्यसमेत हुन् । सन् १९८० को दशकमा उनी पूर्वअतिवादी समूह मक्ताब अल–खिदमतमा संलग्न थिए ।
उनले सो अवधिमा बिन लादेन र अयमान अल–जवाहिरीलाई भेटे र उनीहरूको समूह इजिप्टियन इस्लामिक जिहाद (ईआईजे)मा सामेल भएका थिए । उनले सन् १९८० को दशकमा अफगानिस्तानमा रुसी सेनासँग पनि लडेका थिए ।
अदेल कुनै समय ओसामा बिन लादेनका सुरक्षा प्रमुख पनि थिए । उनी सन् २००१ देखि एफबीआईको मोस्ट वान्टेड सूचीमा छन् । अमेरिकाले उनको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कार घोषणा गरेको छ ।

जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।
इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।
सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।
यसैबीच, जवाहिरीको हत्याको अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले स्वागत गरेका छन् । दोषीलाई न्याय मिलेको ओबामाले टिप्पणी गरेका छन् ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया