लागुऔषध ब्यूरोले १९ दिनमा कसरी समात्यो २२ लागुऔषध कारोबारी ?

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिवन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।
बुधवार ब्यूरोले पत्रकार सम्मेलन गरी वि.सं २०७९ असार ३२ देखि साउन १८ गतेसम्म २२ लागु औषध कारोबारीहरुलाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा ४ महिला र १८ जना पुरुष रहेका छन् ।
कुल पक्राउ परेका २२ जनाबाट अवैध लागुऔषध खैरो हेराइन ४५९ ग्राम, लागु औषध डायलेक्श डिसी ११८० बोतल (१०० एमएल), लागुऔषध नाइट्रभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान फेला परेको हो । यी सबै लागुऔषधको कुल अवैध बजारमूल्य ५८ लाख १० हजार ८ सय रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले विशेष निगरानी र विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैधरुपमा लागुऔषध खैरो हिरोइन, त्यस्तै नियन्त्रित लागुऔषध डायलेक्श डिसी, नाइट्राभेट ट्याब्लेट र खैरो हिरोइन कारोवार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको बताए ।
उनले अहिले कारोबारीमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर लागुऔषध ऐन २०३३ अनुसार कानूनी कारबाही भइरहेको बताए । उनले पक्राउ परेका व्यक्तिहरु धेरैजसो २२ देखि ४५ वर्ष उमेरसमूहका युवाहरु रहेको उल्लेख गरे । उनले आजैमात्र पनि प्रहरी टोलीले सर्लाहीबाट २ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको बताए ।
उनले भने, ‘यस लागुऔषध ब्यूरोबाट खटिने प्रहरी अधिकृतको टोलीले विशेष निगरानी र विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैधरुपमा लागुऔषध खैरो हिरोइन, त्यस्तै नियन्त्रित लागुऔषध डायलेक्श डिसी कारोवार भइरहेको छ भन्ने सूचनालाई मध्यनजर गरेर हामीले प्रहरी परिचालन गरेका थियौँ । खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट २२ जना मानिसलाई नियन्त्रणमा लिएका छौँ । र अहिले सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर लागुऔषध ऐन २०३३ अनुसार कानूनी कारबाही भइरहेको अवस्था छ । २२ जनामध्ये धेरैजसो युवा हुनुहुन्छ । २० देखि ४६ वर्ष उमेरका हुनुहुन्छ । सम्पर्कमा रहीरहेका व्यक्तिलाई कानूनी दायरामा ल्याउने क्रममा केहीदिन लामो मिसन चल्यो । आजमात्रै हाम्रो टोलीले सर्लाहीबाट पनि यही गिरोहको २ जना व्यक्तिलाई पक्राउ गरेका छौँ ।’

गत साउन ८ गते ताप्लेजुङ, मेरिङदेन गा.पा. ५ स्थायी ठेगाना भएकी वर्ष ३३ की तुलसा खड्कालाई ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलबाट नाइट्राभेट ट्याब्लेट्स १२६० थान, प्रोक्सीभन १५० थान क्याप्सुल, डायलेक्श डिसी (कोडिन) ६ बोतल, ऐ.को खालि बोतल २८ थान, डायलेक्श डिसी जस्तो देखिने रातो रङको तरल पदार्थ ३०० मिलिलिटरसहित पक्राउ गरेको छ । त्यस्तै उनलाई लागु औषधमा सहयोग गर्ने जिल्ला सुनसरीका युवराज खड्कालाई पनि पक्राउ गरेको जनाएको छ । त्यस्तै तुलसा खड्कालाई लागुऔषध उपलब्ध गराउने रौतहटका ४६ वर्षका किशोर चौलागाईंलाई साउन १० गते पक्राउ गरेको जनाएको छ भने उनलाई लागु औषध उपलब्ध गराउने सिन्धुपाल्चोकका ४७ वर्षीय मानबहादुर तामाङलाई पनि पक्राउ गरेको जनाएको छ ।
त्यस्तै मानबहादुर तामाङलाई लागुऔषध उपलब्ध गराउने सर्लाहीका ३५ वर्षका बुद्धबहादुर बोम्जनलाई साउन १० गते पक्राउ गरेको थियो । त्यस्तै किशोर चौलागाईंलाई लागुऔषध उपलध्ध गराउने सर्लाहीका वर्ष २१ का विपिन कुसहवा, गाडी चालक रोतहटका २५ वर्षीय सुभाषराय यादव, रौतहटकै वर्ष १९ का मोहमद आसफाक आलमलाई तरकारीको बोरामा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
त्यस्तै मानबहादुर तामाङलाई लागु औषध उपलब्ध गराउने सर्लाहीका ४२ वर्षीयरतन मोक्तान र वर्ष २८ का दीपक श्रेष्ठलाई सायन १८ गते पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ । त्यस्तै प्रहरीले असार ३२ गते ताप्लेजुङका २७ वर्षीय राजकुमार तामाङ, ताप्लेजुङकै ३५ वर्षीया सुशीला तामाङलाई पक्राउ गरेको थियो ।
सुशीला तामाङलाई लागुऔषध उपलब्ध गराउने झापाका २० वर्षीया सञ्चमाया तामाङ, सोही झापाकै ३१ वर्षका मनिराज लिम्बूलाई साउन १ गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको जनाएको छ । त्यस्तै साउन १२ गते बझाङका २० वर्षे उपेन्द्र जाग्री, झापाका ३३ वर्षीय प्रेमहाङ सोलिङ, झापाकै ३७ वर्षीय योगेश लिङदेन, झापाकै २७ वर्षीय विदुर आङ्बोलाई १४ ग्राम अवैध लागुऔषध खैरो हेरोइन १४ ग्रामसहित पक्राउ गरेको हो ।
त्यस्तै रामेछापका वर्ष ४० की जुनुमाई मोक्तानलाई साउन १३ गते, गोकर्णेश्वर नगरपालिका ८ बाट ३८४ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ । त्यस्तै साउन १४ गते काठमाडौं महानगरपालिका वडा.न.३ बस्ने वर्ष ४३ का अनुज शाही, ईलामका वर्ष ३२ का दीपेश विश्वकर्मा र जिल्ला पाँचथरका ३० वर्षीय काजिमान गुरुङलाई टोखा नगरपालिका ६ धापासीबाट अवैध लागुऔषध खैरो हेरोइन ७ ग्रामसहित पक्राउ गरेको जनाएको छ ।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया