शारीरिक सुगठनमा रजत तथा कांस्य पदक विजेतालाई नगद पुरस्कार

काठमाडौं । हालै सम्पन्न ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले पुरस्कार प्रदान गरेको छ ।
संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले एक समारोहका बीच आफ्नो व्यक्तिगत रूपमा रजत पदक विजेतालाई नगद १ लाख ५० हजार तथा कांस्य पदक विजेतालाई नगद ७५ हजार पुरस्कार प्रदान गरेका हुन् ।
सोही अवसरमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका प्रथम उपाध्यक्ष विजय लाल कायस्थले विजेता खेलाडीहरूलाई क्रमशः नगद २० हजार र १० हजारले पुरस्कृत गरे ।
नेपालले ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप प्रतियोगिता आगामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौमा आयोजना गर्दैछ ।
नेपाल एक न्युट्रल भेन्यू भएकोले एसियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता रहने जानकारी गराइएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया