शारीरिक सुगठनमा रजत तथा कांस्य पदक विजेतालाई नगद पुरस्कार

काठमाडौं । हालै सम्पन्न ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले पुरस्कार प्रदान गरेको छ ।
संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले एक समारोहका बीच आफ्नो व्यक्तिगत रूपमा रजत पदक विजेतालाई नगद १ लाख ५० हजार तथा कांस्य पदक विजेतालाई नगद ७५ हजार पुरस्कार प्रदान गरेका हुन् ।
सोही अवसरमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका प्रथम उपाध्यक्ष विजय लाल कायस्थले विजेता खेलाडीहरूलाई क्रमशः नगद २० हजार र १० हजारले पुरस्कृत गरे ।
नेपालले ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप प्रतियोगिता आगामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौमा आयोजना गर्दैछ ।
नेपाल एक न्युट्रल भेन्यू भएकोले एसियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता रहने जानकारी गराइएको छ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया