लमजुङमा कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत

लमजुङ । स्वास्थ्य कार्यालय लमजुङले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४९ लाख रुपैया राहत प्रदान गरेको हो ।
कार्यालयले कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणा पत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको हो ।
कार्यालयले जिल्लाका ८ वटै पालिकामार्फत कोरोनाबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो । वडाको सिफारिसमा कोरोनाका कारण अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।
आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान थियो ।
आर्थिक राहतका लिनका लागि निवेदन दिएका जिल्लाका ९८ परिवारलाई राहत प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिए पनि जिल्लाका पालिकाहरूले पनि राहत रकम वितरण गरेका थिए । विभिन्न पालिकाले आफ्ना पालिकाभित्रका नागरिकको परिवारलाई राहत रकम प्रदान गरेका थिए ।
लमजुङमा कोभिड–१९ बाट पहिलो चरणमा ७, दोस्रो चरणमा ३७ र तेस्रो चरणमा २ जना गरी ४६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । सोबाहेक स्थायी ठेगाना लमजुङ भई बाह्य जिल्ला बस्ने मृतकका परिवारले राहतका लागि प्रक्रिया पुर्याएर निवेदन दिएसँगै राहत रकम उपलब्ध गराइएको हो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया