आश्रमका वृद्धवृद्धाहरूलाई फलफूल वितरण
मेरोन्यूज
२०७९ साउन २० गते १६:४९

भक्तपुर । भक्तपुरको आदर्शस्थित सिद्धि स्मृति वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको छ ।
भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी क्लव)का कप्तान सन्दीप कार्कीकोतर्फबाट वृद्धाश्रममा रहेका तीन दर्जन वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको हो ।

फलफूल वितरण कार्यक्रममा क्लबका संरक्षक श्याम धौभडेल, भक्तपुर एफसी क्लवका अध्यक्ष राम प्रजापति, क्लबका विशेष समिति सदस्य अनिल राजभण्डारीलगायतका सहभागी थिए ।
फुटबल खेलाडी कार्की केही दिनअघि मात्र भारतको उडिसामा भएको अण्डर २० राष्ट्रिय फुटबल टिमबाट साफ यु-२० फुटबल प्रतियोगितामा सहभागी भई नेपाल फर्केका थिए ।
सम्बन्धित
















११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया