शनिबार, माघ १०, २०८२

बालाजुमा महिलामाथि लुटपाट गर्ने दुई जना पक्राउ

मेरोन्यूज २०७९ साउन २२ गते १८:१५

काठमाडौँ । बालाजु सडकमा हिँडिरहेकी एक महिलामाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले रामेछापको उमाकुण्ड गाउँपालिका ३ घर भई हाल टोखा ३ बस्‍दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका ३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, लागू औषध गाँजाको धुलो ५५१ ग्राम, बा ६३ प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई कानुनी कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया