बालाजुमा महिलामाथि लुटपाट गर्ने दुई जना पक्राउ
मेरोन्यूज
२०७९ साउन २२ गते १८:१५
काठमाडौँ । बालाजु सडकमा हिँडिरहेकी एक महिलामाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले रामेछापको उमाकुण्ड गाउँपालिका ३ घर भई हाल टोखा ३ बस्दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका ३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको हो ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीको भनाइ छ ।
उनीहरूको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, लागू औषध गाँजाको धुलो ५५१ ग्राम, बा ६३ प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई कानुनी कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया