‘कार्यकाल समाप्त भएका सांसदले पसल खोल्न पाइँदैन, राज्यको दोहन गर्न बन्द होस्’

काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेपछि सांसदको कार्यकाल समाप्त भएको बताए ।
उनले कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरे । संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधानअनुसार सभामुख र उपसभामुखबाहेक सांसदको कार्यकाल समाप्त भयो भनेर बुझ्नु पर्ने बताए ।
‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुखबाहेकका सांसदको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ,’ उनले भने, ‘कार्यकाल समाप्त भएका सांसदको नाममा बैठक राख्न पाइँदैन, पसल खोल्न पाइदैन, राज्यको दोहन गर्ने काम बन्द होस् ।’
उनले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा काम चलाउ भएकाले दीर्घ कालीन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानून नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराए । राष्ट्रियसभा सदस्य देवकोटाले राजनीतिलाई दुहुनो गाई ठान्ने घातक प्रवृत्ति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिको अन्त्यका लागि लगातार दुईपटक निर्वाचनमा विजयी भएकालाई तेस्रोपटक टिकट नदिन प्रमुख राजनीतिक दललाई आग्रह गरे ।
















अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया