१२ वटा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले मगंलबार सार्वजनिक गरेको हो ।
उनीहरूले बाराको महागढीमाई नगरपालिका १ स्थित बरियारपुरबाट गत १९ बिहिबारबाट २ वटा मोटरसाइकल चारी गरी भाग्ने क्रममा प्रहरीले पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षीय विशाल कुमार सहनी र सोही स्थानका २० वर्षीय भोला पटेललाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेकालाई बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान गर्दै जाने क्रममा उनीहरूको बयानका आधारमा मोटरसाइकल चोरीमा संलगन थप चार जना मानिससहित विभिन्न कम्पनीको १२ थान चोरीको मोटरसाइकलसमेत बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रहरीले चोरीमा संलगन रहेका पचरौता नगरपालिका ७ का २१ वर्षीय विशाल कुमार सहनी, २० वर्षीय भोला पटेल, २० वर्षीय बृजमोहन साह सोनार, २० वर्षीय बिजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनीलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले बाराको कलैया, महागढी तथा आसपासको क्षेत्रबाट विभिन्न मितिमा चोरी गरेका बजाज र हिरोहोण्डा कम्पनीका एक दर्जन मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया