सिंगापुरबाट थाइल्यान्ड जान सक्छन् : गोटावाय राजापाक्षे

बैंकक । जनप्रदर्शनका कारण देश छाडेर सिंगापुर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार थाइल्यान्ड जाने अनुमान गरिएको छ । गत महिना ठूलो प्रदर्शनबीचमा आफ्नो टापु राष्ट्र छोडेपछि राजापाक्षे दोस्रो दक्षिणपूर्वी एसियाली देशमा अस्थायी रूपमा बस्ने अपेक्षा गरिएको छ ।
राजापाक्षे जुलाई ११ मा सिंगापुर भागेका थिए । सात दशकपछिकै सबैभन्दा खराब आर्थिक संकटबीच अभूतपूर्व अशान्तिसँगै हजारौँ प्रदर्शनकारी निवासमा प्रवेश गरेको केही दिनपछि, उनले पदबाट राजीनामा दिएका थिए ।
पूर्वसैन्य अधिकारीसमेत रहेका गोटाबाया बिहीबार सिंगापुरबाट थाइल्याण्डको राजधानी बैंककको यात्रा गर्ने अपेक्षा गरिएको विभिन्न स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तर, उनी कति बजे थाइल्यान्ड पुग्छन् भन्ने बारेमा केही खुलाइएको छैन् ।
राजापाक्षेले राजनीतिक शरण लिने कुनै आशय नराखेको र उनी अस्थायी रूपमा बसेको सिंगापुरका अधिकारीहरूले जनाएका छन् ।
‘यो एक मानवीय मुद्दा हो र एक अस्थायी बसाइ हो’, प्रधानमन्त्री प्रयुथ चान–ओचाले सञ्चारकर्मीलाई भने ।
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया