अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले अभिनेता शाहीलाई पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । गृहमन्त्री खाणकाे सरकारी निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।

अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । ‘म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइनँ । पहिलो पटक कांग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने । उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए। अभिनेता शाहीले हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।
साथै उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए । ‘धेरै अग्रज र सम्मानित कलाकारहरु कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उनले भने ।
उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए। अभिनेता शाहीले द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया