विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

काठमाडौँ । अफगानिस्तानको काबुलमा बिहीबार भएको बम विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्ला हप्तामा शृङ्खलाबद्ध विस्फोट भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल ए सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोट भएका छन् ।
अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल ए सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए ।
अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ ।
यसमा परी १२० भन्दा बढी व्यक्तिको मृत्यु र घाइते भएका छन् । विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्र सङ्घीय कार्यालयले अल्पसंख्यकका लागि थप सुरक्षाको आग्रह गरेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया