विश्व संस्कृत दिवसलाई औपचारिक घोषणा गर्न सरकारसँग माग
काठमाडौँ । संस्कृतज्ञले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार संस्कृत दिवसको अवसरमा काठमाडौँको वाल्मिकी विद्यापीठमा एक कार्यक्रम आयोजना गरेर संस्तज्ञले यस्तो माग गरेका हुन् ।
आज पाँचौं विश्व संस्कृत दिवस मनाउने क्रममा संस्तज्ञले यस्तो माग गरेका थिए । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर आज (शुक्रबार) विश्व संस्कृत दिवस मनाइएको हो । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी)को दिन संस्कृत मनाउने गरिन्छ ।
जसमा संस्कृत भाषाको जगेर्नाका लागि पहलकदमी गर्न आवश्यक रहेको विद्वान वक्ताहरुले बताएका थिए । संस्कृत दिवसका अवसरमा आयोजित पुनः जागरण, जनचेतना, भाषिक चेतना र ज्ञानवृद्धिका कार्यक्रमले सञ्चार माध्यममा संस्कृत भाषाको पहुँच बढेको छ ।
त्यस्तै, संस्कृतानुरागी व्यक्तिहरु पनि बढ्न थालेका छन् । आज नेपालसहित विश्वका ३० भन्दा बढी देशमा संस्कृत भाषासम्बन्धी विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ । यस्ता कार्यक्रमले संस्कृत भाषाको प्रवद्र्धन, संवद्र्धन र उन्नयनमा बढोत्तरी गर्ने आयोजक समितिले बताएको छ ।
संस्कृत भाषाको संवद्र्धन र प्रवद्र्धनमा जोड दिनका लागि यस क्षेत्रलाई महत्वपूर्ण योगदान दिने वरिष्ठ एवं वयोवृद्ध विद्वान–विदुषीमध्येबाट एक जनालाई योगदानको कदर गर्दै विशेष सम्मान र आरुणि संस्कृत शोधवृत्तिको शुरुवात गरिएको थियो । संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई १ लाख रुपैयाँ राशिको आरुणि संस्कृत शोधवृत्ति प्रदान गर्न शुरु गरिएको आयोजकले जनाएको छ ।
उनीहरुले नेपाल सरकारले संयुक्त राष्ट्र संघमा यो प्रस्ताव पु¥याउन र नेपाल सरकारले पनि संस्कृत भाषाको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्न माग गरेका छन् । अनौपचारिक रुपमा विश्व संस्कृत दिवस वि.सं.२०७५ सालबाट मनाउन थालिएको हो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया