विषाक्त मदिरा सेवनबाट विहारमा पाँच जनाको मृत्यु
काठमाडौँ । भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ । राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका हुन् ।
घरेलु मदिरा सेवन गरेकाले उनीहरूको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि, त्यो यकिन हुन बाँकी रहेको छ । शल्य परीक्षणका निम्ति शव सारण अस्पताल लगिएको छ । मृत्युको कारण पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पठाइएको छ ।
विषाक्त मदिरा सेवन गरेका अन्य तीन जना सिकिस्त बिरामी भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त मदिराबाट सर्वसाधारणको मृत्यु भएपछि प्रहरीले घटनास्थल वरपर छापा मारेर १० देखि १२ जनालाई पक्राउ गरेको छ ।
यही साउन २० गते विषाक्त मदिरा सेवनबाट सोही जिल्लाको छप्रामा आठ जनाको मृत्यु भएको थियो । केही गम्भीर रूपमा बिरामी भएका थिए ।
भारतमा विषाक्त मदिराको सेवन अत्याधिक हुने गरेको र त्यसले हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । सन् २०१६ देखि राज्यमा मदिरामाथि प्रतिबन्ध लगाइएको भए पनि मदिरा बिक्री र सेवनबाट हताहतिका यस्ता घटना रोकिएका छैनन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया