लमजुङमा २० वर्ष नपुग्दै १४ प्रतिशत किशोरी आमा

लमजुङ । जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८/७९ मा एक हजार एक सय ६६ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ५५ जना किशोरी छन् ।
१४ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । बिहाबारी २० वर्षपारि भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन ।
सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको भनाइ छ । उनले भने, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’ जिल्ला अस्पताल लमजुङमा ०७७/७८ मा एक हजार एक सय ७१ जना महिला आमा बनेका छन् ।
जसमध्ये एक सय ५४ जना किशोरी अर्थात् १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । त्यस्तै, आ।व ०७६/७७ मा एक हजार एक सय २३ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ७१ जना महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ ।
सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकीलगायत कारणले बालविवाह कम हुन नसकेको अस्पतालका प्रसूति इन्चार्ज राममाया ठकुरी बताउँछिन् ।
ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमा समेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको संख्या बढेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको जिल्ला अस्पताल लमजुङको अनुमान छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया