बलात्कारपछि बालिकाको बैंक खातामा सात लाख जम्मा, उजुरीपछि आरोपी पक्राउ

काठमाडौँ । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका ७ का प्रेमजंग (प्रेमराजा) महत पक्राउ परेका छन् । उनलाई चन्दननाथ नगरपालिका ५ जुगाडखोलाबाट शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
पीडित बालिकाकी आमाले महत्तविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छन् । आरोपित महतले पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने गरी सहमतिमै वैशाख ०७९ मा लगेका थिए ।
आमाले जुम्लामै दोस्रो बिहे गरेकाले बालिका पनि जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला आएकी थिइन् । उनकी आमाले बजारमा व्यापार गर्छिन । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई महतले लगेका थिए ।
पीडित बालिकाका अनुसार महतले एक महिनासम्म बलात्कार गरेका थिए । महतले बलात्कार गरेको कुरा अरूसँग नभन्न र धम्की दिन गर्थे ।
आफूलाई बलात्कार गर्ने र अरूसँग भने मारिदिने धम्की दिएपछि बालिकाले मुसा मार्ने विष खाएकी थिइन । उनले विष सेवन गरेपछि घटना सार्वजनिक भएको थियो । घटना मिलाउन आरोपी महतले बालिकाको बैंक खाता सात लाख रुपैयाँ राखिदिएको स्रोतको भनाइ छ । बालिका चन्दननाथ नमुना विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया