काठमाडौँको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई आग्रह : बालेनसँग छलफल गर्नु
मेरोन्यूज
२०७९ साउन २९ गते १९:१७

काठमाडौँ । सत्ता गठबन्धनले काठमाडौँको फोहोर व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ । फोहोरले महामारी फैलिन सक्ने भन्दै गठबन्धनमा आबद्ध दलहरूले हेरेर नबस्न सरकारलाई आग्रह गरेको हो ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
सरकारका प्रवक्तसमेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन गरेको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेसँगै गठबन्धन दलहरूले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल बनाएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया