फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीहरुलाई स्थानीयकाे अवरोध
सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीहरुलाई स्थानीयले अवरोध गरेका छन्।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले आज बिहान फोहोर बोकेर गएका गाडीहरुबीच बाटोमै रोकिएका बताए । आइतबार राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए।धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेका थिए।
करिब ४५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा उक्त विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय बासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयवासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको समेत विज्ञप्तिमा भनिएको छ ।

















जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य : सभापति थापा
काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रतिक्रिया