श्रीमानले लगाइदिएको आगोबाट पत्नीको मृत्यु, सासूको उपचार हुँदै
काठमाडौँ । एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका ९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूलाई आगो लगाएकामा पत्नीको मृत्यु भएको छ । जीउमा मट्टितेल छर्की आगो लगाएका उनीहरूमध्ये गएराति पत्नीको मृत्यु भएको हो ।
जिल्लाको रामगोपालपुर नगरपालिका ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई गत २१ गते राति सुतिरहेको अवस्थामा आगो लगाएका थिए ।
आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठ्यु जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उनीहरूको उपचार सम्भव नभएपछि प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ । यता घटनामा सम्लग्न शङ्करलाई चार दिनअघि प्रहरीले नेपाल भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएको जनाएको छ ।
















निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया