पाकिस्तानमा वर्षामा परी मृत्यु हुनेको संख्या १९६ पुग्यो

काठमाडौँ । पाकिस्तानको बालुचिस्तानमा वर्षाका कारण थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु हुनेका संख्या १९६ पुगेको छ ।
मृत्यु हुनेमध्ये ९६ जना पुरुष रहेका छन् भने ४५ जना महिला छन् । त्यसैगरी ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
वर्षाले बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोले पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीले जनाएका छन् ।
प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायासमेत परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो ।
बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा प्रभावित भएका छन् । ती सेवा सुरु गर्न प्रयास भइरहेको अधिकारीको भनाइ छ ।
बाढी पहिरोले मानिस बस्ने घरमा ठूलो क्षति पुगेको छ । क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् । उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ ।
स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी अन्य ठाउँमा अरु दुई सय घर क्षतिग्रस्त भएको अधिकारीले जनाएका छन् ।
















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया