बाघ हेर्न निकुञ्जमा पर्यटकको भिड
काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ ।
बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताए । “यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ”, चौधरी भने, “ बाघ देख्दा उनीहरु खुशी हुन्छन्” ।
बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रो लागि सुःखद हो”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, “अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।”

















महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा
महाशिवरात्रीका दिन कम्तीमा छ लाख बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन
मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
प्रतिक्रिया