लागु औषध मुद्दाका फरार महिला पक्राउ
मेरोन्यूज
२०७९ साउन ३० गते २१:३२
काठमाडौँ । लागु औषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छन् । उनलाई लागु औषध गाँजा मुद्दामा भक्तपुर जिल्ला अदालतले गत वैशाख ४ गते एक वर्ष एक महिना कैद र छ हजार जरिवानाको फैसला गरेको थियो । फैसला लगत्तै श्रेष्ठ फरार भएकी थिइन् ।
पक्राउलगत्तै प्रहरीले श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँ पठाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
सम्बन्धित

















प्रतिनिधिसभा निर्वाचनः निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
नेशनल लाईफद्धारा मधेश प्रदेशका अभिकर्ताहरु सम्मानित
23 election candidates take permission for opening bank accounts in Lalitpur
अपग्रेडेड डोमिनार ४०० सार्वजनिक, यस्ता छन् फिचर
NC emerges as university of politics: General Secretary Paudel
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया