प्रचण्डलाई भेट्न पेरिसडाँडा पुगे डा. भट्टराई
मेरोन्यूज
२०७९ साउन ३१ गते १५:३९

काठमाडौँ । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने भएका डा. बाबुराम भट्टराई माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनी आफ्ना पार्टीका नेताहरूसहित पेरिसडाँडामा पुगेका हुन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले पाउने सिटबारे छलफल गर्न उनीहरू पेरिसडाँडा पुगेका हुन् । आजै बसेको माओवादीको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीसहित नेता वामदेव गौतमलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
उक्त निर्णयबारे जानकारी गराउन माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटा मंगलबार दिउँसो निर्वाचन अयोग पुगेका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया