सोमबार, माघ ५, २०८२

सेयर बजार दोहोरो अंकले गिरावट

मेरोन्यूज २०७९ साउन ३१ गते १६:२३

काठमाडौँ । सेयर बजारमा आज करिब २५ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो ।

‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ । १३ वटा उपसूचकमध्ये सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । यद्यपि, कारोबार भने दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।

यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ । डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले घटेको छ ।

यस्तै, निर्जीवन बिमा समूहको उपसूचक १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रोफाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.९ प्रतिशतले घटेको छ ।

अन्य समूहको उपसूचक भने ०.७ प्रतिशतले मात्र घटेको छ ।

प्रतिक्रिया