मंगलबार, फागुन ५, २०८२

दर्ता गर्न निवेदन दिएका दलहरूको छानबिन हुन्छ : आयोग

मेरोन्यूज २०७९ साउन ३१ गते २०:१६

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ता गर्न निवेदन दिएका सबै दलको भोलिदेखि जाँच गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरूको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलको जाँच गर्ने तथा कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नु पर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षण शुरु हुने बताए ।

‘निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताको निवेदन भएका सबै दललाई भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन ? यो सबै कुराहरु हेरेर ती सबै दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्ने छौँ,’ उनले भने, ‘आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि ती दलहरु दर्ता हुनेछन् ।’

यस्तै, उनले सबै कुराको परीक्षण गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गरी काम सुरु हुने बताए । उनले आयोगले निर्णय गरेपछि कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने बताएका थिए ।

प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गरे पनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए । उनले चुनावमा कुनै एउटा चिह्नबाट प्रतिस्पर्धा गरे पनि निर्वाचनपछि चुनाव चिह्न लिएको दलभन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने बताए ।

उनले पार्टीमा सदस्य फरकफरक भए पनि संसदीय दल भने एउटै रहने बताएका थिए । उनले संसदीय दलको ह्वीप मानेनन् भने त्यसमा सदस्यता नरहनेसम्मको कानूनी व्यवस्था रहेको उल्लेख गरे । उनले निर्वाचनका लागि चाहिने सामग्री टेण्डरको लागि पनि काम भइरहेको बताए । उनले निर्वाचनका लागि चाहिने बजेटबारे छलफल भइसकेको जानकारी दिए ।

प्रतिक्रिया