सोमबार, फागुन ४, २०८२

प्रचण्डलाई बालेनको प्रश्न : कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर

मेरोन्यूज २०७९ साउन ३१ गते २०:३०

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कडा प्रश्न गरेका छन् । उनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुने बञ्चरेडाँडामा जाने बाटोको भिडिओ राख्दै प्रचण्डमाथि प्रश्न गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

मेयर साहले ककनीको बाटो बिजोक बनाउने ठेकेदारको घरमा अंगरक्षक बनेर बसेको भन्दै प्रचण्डमाथि टिप्पणी गरेको हो । ‘श्रीमान् प्रचण्ड ज्य ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर,’ उनले भने ।

ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा प्रचण्ड लामो समयदेखि बस्दै आएका छन् ।

प्रतिक्रिया