नेपाल बैंक सञ्चालक समितिका अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको मिति २०७९ श्रावण २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त हुनु भएका गंगाप्रसाद ज्ञवालीले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उहाँले अध्यक्ष पदको शपथ ग्रहण गर्नुभएको हो ।
बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिनुहुँदै गर्भनर महाप्रसाद अधिकारीले नव नियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी रअझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्वकायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
साथै, उहाँले पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिनुभयो । उक्त कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै नव नियुक्त अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
उहाँले शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुहुँदै बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम मानव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिनुहुँदै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरणतथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराउनु भएको थियो ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा।निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु डा।सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज।ब।रा।तथा बैंकका कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया