शनिबार, फागुन १६, २०८२

पश्चिम नेपाल भूकम्पको रेड जोन : भूगर्भविद् मुल

मेरोन्यूज २०७९ भदौ १ गते २१:१९

भक्तपुर । भूगर्भविद् प्रदीपकुमार मुलले पश्चिम नेपाल भूकम्पीय हिसावमा रेड जोन (जोखिम क्षेत्र) रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

धेरै सयमदेखि त्यहाँं भूकम्प नगएको भन्दै भूकम्पविद् मुलले जुनसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको बताए । ‘तर कहिले जान्छ, त्यो यसै भन्न सकिन्न,’ भौर्गर्भिक सूचना प्रणाली विषयमा बुधबार नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापकहरुसमक्ष प्रस्तुतीकरण दिंदै उनले भने, नेपाल आफैंमा भूकम्पको दृष्टिकोणले जोखिमको मुलुक हो, त्यसमा पनि पश्चिम नेपाल अझ जोखिममा रहेको रेड जोन हो । 

भूकम्प कहिले आउँंछ भन्ने कुरा अहिलेसम्म संसारमा कसैले पनि पता लगाउन नसकेको स्पष्ट पार्दै उनले कसैले यो बेला भूकम्प आउँंछ भनेर भने पनि त्यो धोंगी ज्योतिष जस्तै धोंगी भूवर्भविद् भनेर बुझन आग्रह गरे । जस्तोसुकै भौगर्भविद्ले त्यस्तो भने त्यो धोंगी नै हुन्छ, उनले भने, तर पनि पश्चिम नेपालमा भूकम्पको रेड जोन हो, जुनसुकै बेला ठूलो भूकम्प त्यहाँं जान सक्छ । 

कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, कलेजको भूगर्भ विभागकी रोजीना माली, एसोसिएट प्रोफेसर कृष्ण शाहलगायतले भूकम्प पहिला नै आउने थाहा नहुने भएकाले पूर्व सचेतना आवश्यक भएको बताए । कार्यक्रममा कलेजका भूगर्भ विभागका प्रोफेसर तथा एसोसिएट प्रोफेसरहरु सहभागी थिए । कार्यक्रमपछि भूवर्भविद् मुललाई कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले मायाको चिनो प्रदान गरेका थिए ।    

प्रतिक्रिया