उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र/छात्रालाई छात्रवृत्ति
मेरोन्यूज
२०७९ भदौ २ गते ११:१९

खोटाङ/ बौद्धिक समूह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको छ ।
बौद्धिक समूह नेपालले २०७८ सालमा च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्ति पाएपछि जीवना धरानको पव्लिक मावि र दिलीप दिक्तेलको सरस्वती माविमा कक्षा ११ मा भर्ना भएका छन् । दुवैले व्यवस्थापन विषय अध्ययन सुरु गरेको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।
उत्कृष्ट अंक, जेहेन्दार, लगनशील र आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई छात्रवृत्तिका लागि छनाेट गरिएको हो ।

सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया