युनाइटेड कलेजमा युसीईआईआईको उद्घाटन समारोह सम्पन्न

काठमाडौँ । युनाइटेड कलेज ग्रुपले आधिकारिक रुपमा युसीईआईआइ उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन गरेर आफ्नो स्थापनामा अर्को अपरिहार्य घटक थपेको छ । सफल नतिजासहित २५ वर्षसम्म निरन्तर शैक्षिक सेवा प्रदान गरेपछि युनाइटेड कलेज अहिले नेपालको शीर्ष प्रतिष्ठित कलेजमध्येको एक बनेको छ ।
१९९७ मा यसको स्थापना भएदेखि, युनाइटेड एकेडेमीले ३० हजारभन्दा बढी दक्ष जनशक्ति सिर्जना गर्न सक्षम भएको छ । विश्वव्यापी नेटवर्क, विशिष्ट श्रोत र दुई दशकभन्दा बढीको व्यापक ज्ञान र विशेषज्ञताले युसीईआईआईमा बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गरेर सफल उद्यमहरु सिर्जना गर्न सक्षम हुनेमा विश्वस गरेको शैक्षिक समूहका सल्लाहकार डा.कविराज वान्तवाले बताए ।

कार्यक्रममा डा. छिरिङ लामा, डा. महावीर पुन, आशाराम तण्डुकार, विभुषण विष्ट, क्षितिज तामाङ, कर्विका थापा, नग्मा श्रेष्ठ, शान्ति राई, सुदेन श्रेष्ठ र बबिता गुरुङ जस्ता प्रतिष्ठित उद्यमी, आविष्कारकर्ता र व्यापार व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमा युनाइटेड कलेजका प्रिन्सिपल डा. लाल रापचाले उद्यमशीलताको महत्व र युसीईआईआईको दीर्घकालीन दृष्टिकोणका बारेमा बोल्दै अतिथिहरु र दर्शकहरुलाई स्वागत गरेका थिए । त्यसपछि नेशनल इनोभेसन सेन्टरका महावीर पुनले कलेजमा रहँदा आफ्नै उद्यमशीलता यात्रामा लाग्नुको महत्वका बारेमा बताउँदै विद्यार्थीहरुलाई उद्यमशीलता र नवप्रवर्तनको सन्दर्भमा केही सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले नेपालमा इन्क्युबेशनको वर्तमान अवस्था र स्टार्टअपमा इन्क्युबेशन सेन्टरको मुख्य भूमिकाबारे सम्बोधन गरेका थिए ।















आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया