मंगलबार, फागुन ५, २०८२

नागरिकता विधेयकमा ध्वनि मतभन्दा मतदान गर्न एमालेको माग

मेरोन्यूज २०७९ भदौ २ गते १७:४९

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार दिनभर छलफल भएको उक्त विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिइरहेका छन् ।

विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । उनले मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनु पर्ने माग राखेका हुन् ।

प्रतिक्रिया