नागरिकता विधेयक बहुमतले पारित
राष्ट्रपतिले गरेकी थिइन् ८ बुँदे ध्यानाकर्षणसहित संसदमा फिर्ता
मेरोन्यूज
२०७९ भदौ २ गते १८:५३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पारित भएको छ ।
बैठकमा सहभागी १९५ सांसदमध्ये १३५ जनाले पक्षमा मतदान गरेका थिए भने ६० जनाले विपक्षीमा मतदान गरेका थिए ।
नेकपा एमालेका सांसदले उभिएर नागरिकता विधेयकमा मत विभाजन मागेपछि मतदान सुरू भएको थियो ।
राष्ट्रपतिले अघिल्लोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा ८ बुँदे ध्यानाकर्षणसहित संसदमा फिर्ता पठाइदिएकी थिइन् । उनले उल्लेख गरेका बुँदाहरूलाई सम्बोधन नगरी जस्ताको तस्तै पारित गरिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका थिए । उता नागरिक विधेयकमाथि छलफल हुने कार्यसूची आएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका थिए ।
सम्बन्धित
















जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
सब–इन्जिनियर यादव हत्या घटना : छानबिनको माग गर्दै कर्मचारीले गरे ‘पेनडाउन’
काठमाडौंमा वायु प्रदूषण बढ्दै, सचेत रहन आग्रह
Bangladesh’s newly elected MPs take oath
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया