सार्वजनिक बिदाको दिन निर्वाचन आयोग खुल्ने

काठमाडौँ । सार्वजनिक बिदाको दिन निर्वाचन आयोग र आयोग मातहतका कार्यालय खुल्ला रहने भएका छन् । आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई मध्य नजर गर्दै आयोगले बिदाको दिन पनि कार्यालय खुल्ला रहने जनाएको हो ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सार्वजनिक बिदाको दिनमासमेत आयोग खुल्ला रहने बताइएको छ । यस्तो गर्दा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्य नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा कार्य सम्पादन गर्न सहज हुने आयोगको विश्वास छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचन आयोगको सचिवालय, सबै प्रदेश निर्वाचन कार्यालय र ७० वटै जिल्ला निर्वाचन कार्यालय प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदासम्म सार्वजनिक बिदाका दिनमा समेत खुला रहने बताए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया