शनिबार, माघ १०, २०८२

वन मुद्दामा पक्राउ परेका व्यक्तिको मृत्यु, आफन्तले गरे आन्दोलन

मेरोन्यूज २०७९ भदौ ३ गते १५:३०

काठमाडौँ । वन मुद्दामा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछाने हिरासतमा मृत भेटिएका हुन् ।

हिरासतमा मृत भेटिएका उनी वनसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । वीरेन्द्रनगर नगरपालिकामा रहेको जिल्ला वन डिभिजन कार्यालयमा उनको शव भेटिएको हो । बिहीबार पक्राउ परेका उनलाई वन कार्यालय पुर्‍याएसँगै मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका हुन् ।

सालको रूख काटेको आरोपमा वीरेन्द्रनगर सबडिभिजन कार्यालयले उनलाई पक्राउ गरेको थियो । पक्राउ गर्नेले कुटपिट गरेकाले मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन् ।

सुरुमा धनीरामकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो । पछि धनीराम पक्राउ परेका थिए ।

प्रतिक्रिया