राष्ट्रपति भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरेकी हुन् ।
मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरिन् । साथै पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गरेका थिए ।
राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन् । सोही क्रममा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफूहरुले नेपाल सरकारसँग एक रुपैयाँ नलिई कृष्ण मन्दिर नजिकै रहेको व्यापारीको आराध्यदेव भीमसेन मन्दिर पुनर्निर्माण गरेको जानकारी गराए ।
सो कुरा सुनेसँगै भण्डारीले आफू छिट्टै पाटन दरबार आएर भीमसेन मन्दिरको अवलोकन गर्ने वचनबद्धता व्यक्त गरिन् । महानगरका प्रमुख महर्जनले बताए ।
राष्ट्रपति भण्डारीले आज करिब पाँच मिनेट समय पाटन कृष्ण मन्दिर परिसरमा बिताएकी थिइन् ।

















Slight decline in gold, silver prices
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
4 dead in crashes involving over 30 vehicles in ‘brown out’ conditions on Colorado interstate
२२ करोड पैतालिस लाख राजस्व सङ्कलन
Vice President Yadav’s best wishes on Gyalpo Lhosar
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया