माछा मार्ने क्रममा डुबेर पुरुषको मृत्यु
मेरोन्यूज
२०७९ भदौ ३ गते १९:५७
काठमाडौँ । उदयपुरको ताप्ली गाउँपालिका १ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा ३५ वर्षीय नगेन्द्र राई रहेका छन् ।
राई खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबेर मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली पुगेको थियो ।
मृतक राईको शवलाई पोस्टमार्टमका लागि कटारी अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले बताए ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया