‘ताइवानमा युद्ध भड्काएर हतियार बेच्ने अमेरिकाको चाहना’
काठमाडौँ । मलेसियका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।
लामो समयदेखि पश्चिमा देशका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को हालैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गरेका हुन् ।
एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षीय पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एक राष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरे ।
चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने र हालसम्म त्यसो नगरेकाले अब पनि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बताउँदै उनले युद्ध भएमा ताइवानलाई सघाउने बाहनामा हतियार बेच्न पाइने तथा उक्त क्षेत्रमा अस्थिरता भए आफूलाई फाइदा हुने अमेरिकाले ठानेको विश्लेषण सुनाए ।









एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया