झलनाथ खनाल र विष्णु पौडेलबीच विमानस्थलमा जम्काभेट भएपछि …
मेरोन्यूज
२०७९ भदौ ५ गते १२:०९

रुपन्देही । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष विष्णु पौडेलबीच जम्काभेट भएको छ । वाम गठबन्धनको पक्षमा रहेका दुवै नेताका वीचमा भैरहवा विमानस्थलमा जम्काभेट भएको हो ।
पार्टी कामले रुपन्देही आइपुगेका खनाल र चुनावी तयारीका लागि रुपन्देहीमै रहेका एमाले उपाध्यक्ष पौडेलबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आइतवार जम्काभेट र केहीबेर कुराकानी भएको हो ।
विशिष्ट कक्षमा दुवै नेताहरुले केहीबेर कुराकानी गरेका थिए । खनालले पौडेलसँग सामान्य कुराकानी भएको टिप्पणी गरे । तर उनले सत्ता गठबन्धनबाटै आफु अन्तिमपटक उम्मेदवार बन्न लागेको बताए ।
‘अहिले म सत्ता गठबन्धनबाटै उम्मेदवार बन्छु, यो मेरो अन्तिम पटकको उम्मेदवारी हुनेछ,’ खनालले पत्रकारहरुसँग भने ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया