बुधबार, फागुन ६, २०८२

प्रदीप गिरिको निधनमा उपराष्ट्रपतिबाट शोक व्यक्त

मेरोन्यूज २०७९ भदौ ५ गते १४:५४

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएका छन् । गिरि भौतिक रुपमा बिदा भए पनि उनको विचार र देशको लागि पुर्‍याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहने उपराष्ट्रपतिले बताए ।

उपराष्ट्रपति पुनले दिवंगत गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया