प्रदीप गिरिको निधनले शोकमा डुब्यो बस्तीपुर !

काठमाडौँ । ‘आब ककरा बाबु कहबै, के कर साहारामे रहबै’ (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका १४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरूले पनि आँसु थाम्न सकेनन् ।
समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोखिएको छैन । ‘आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु,’ जितनीदेवीले भने, ‘अब कसलाई बुवा भन्नेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसारा जस्तै भएकी छु ।’
भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उनले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर गएको सम्झँदै जितनीदेवीले भनिन्, ‘आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानु भयो, अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु ।’
‘कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन,’ जितनीले भनिन्, ‘उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो ।’ अब ती सबै कुराहरू सम्झनामा आइरहन्छ, उनको भनाइ छ ।
जहिले पनि पढ्नुपर्छ, दलितहरू पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रूपमा रहेका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा छन् ।
‘आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नु हुन्थ्यो, अनि पढ्ने नयाँनयाँ कुरा सिकाउनु हुन्थ्यो,’ लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भने, ‘उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ ।’ अब उहाँ जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उनको भनाइ थियो ।
‘प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो,’ बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भने, ‘उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकूल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ ।’
जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरिको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ । गाउँलेहरू नेता गिरिको पुर्खौली घरअगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले उनलाई सम्झेर आँशु बगाइरहेका छन् ।
‘सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ,’ बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भने, ‘उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नु हुन्थ्यो, उहाँबाट समाजले थुप्रै सुधारको अनुभूति गरेको छ, उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन् ।’
यसैबीच नेता गिरिले कक्षा १ देखि १० सम्म अध्ययन गरेका बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ । ‘उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ,’ विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, ‘उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनु हुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ ।’
समाजवादी नेता गिरिले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनले गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र १ बाट निर्वाचित भएका थिए । नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले अशल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताउँछन् । आफूहरूले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरिको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजनकीर्तन गरेका थिए । गएराति नै उनको निधन भएको खबर सुनेपछि उनको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन् ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया