सोमबार, माघ ५, २०८२

नागरिक लगानी कोषको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०७९ भदौ ६ गते १८:३२

काठमाडौँ । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७७–७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र एक दशमलव ५७८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

त्यसैगरी आ.ब २०७७–७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखा परीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । सभामा कोष संचालक समितिका अध्यक्ष प्रा.डा. थापाले कोषले संचालन गरिरहेको सरकारी, गैर सरकारी एवं नीजि प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने धारणा राखे ।

उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्र, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं पुँजीबजारका विकास गरी लगानी विविधिकरण गरी प्रतिफल अभिवृद्ध गर्न सकिने अवसरबारे जोड दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दे समस्या एवं चुनौतीलाई समाधान गरी लगानीको विविधीकरण गर्दे उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितीबारे जानकारी दिए । उनले शेयर धनीले राखेको जिज्ञासालाई सम्बोधन गरेका थिए । आर्थिक वर्ष २०७८–७९ को असार मसान्त सम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले एक खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको छ ।

कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम गरिरहेको छ । कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागु गरिएको छ । साथै सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ ।

नयाँ सफ्टवेयर प्रयोगको लागि आवश्यक उपकरणहरु कोषको प्रणालीमा जडान गरि सकिएको छ । योसँगै कोषमा आवद्ध भएका विभिन्न प्रतिष्ठान, संघ, संगठनबाट रकम संकलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ । सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया