गोरु खोज्न जाँदा हात्तीको आक्रमणमा घाइते
मेरोन्यूज
२०७९ भदौ ६ गते २१:३१
काठमाडौँ । जङ्गली हात्तीको आक्रमणमा परेर कञ्चनपुरको बेदकोट नगरपालिका १ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा घाइते भएका छन् । सँगै रहेका दुई जना महिलाले भागेर ज्यान जोगाएका छन् ।
हराएको गोरु खोज्न गएका बेला नगरपालिका २ स्थित पानीट्याङ्की नजिकैको जङ्गलमा हात्तीले आक्रमण गरेको वडा सदस्य विनोद बिष्टले बताए । दुर्गासँगै गएका ४५ वर्षीय बेलु बिष्ट र ३२ वर्षीय हिरा बिष्टले भागेर ज्यान जोगाएको उनले बताए ।
‘हात्तीले घाइते बनाएको खबर पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरी दुर्गालाई महाकाली अस्पताल पुर्यायौँ,’ उनले भने, ‘दुर्गाको घाँटीमा गम्भीर चोट लागेको छ, उहाँको शरीरको भित्री भागमा समेत चोट लागेको छ ।’
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया